कोरोनाबाट सिरहाका २१ वर्षीय युवकको मृत्यु



हाम्रो इकोनोमि

 

सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ । उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको कणेलले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...