प्रचण्ड परिवारका सवैको रिपोर्ट नेगेटिभ



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को  परिवार र सचिवालय सदस्यहरुको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।  बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मी बाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ।” प्रचण्डपुत्रि गंगा दाहालले भनिन् “ऊक्त ६ जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको छ ।”

गत बुधवार प्रचण्डको निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा प्रचण्डको परिवार सबैजनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...