कोरोना देखिएका प्रदेश नम्बर २ का मन्त्रीले प्रधानमन्त्रीलाई पनि भेटेको पुष्टि



हाम्रो इकोनोमि

 

कोरोना संक्रमण देखिएका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादललगायतका व्यक्तिलाई भेट गरेको पाइएको छ । प्रहरी समायोजन सम्बन्धी छलफलका लागि उनी जनकपुरबाट काठमाडौं आएका थिए । सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो ।

सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो । बैठक साउन १६ गते बसेको थियो । उनी १७ गते जनकपुर फर्किएका थिए । बैठकपछि सामूहिकरुपमा खिचिएको तस्बिर खिचाउँदा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख कसैले पनि मास्कसमेत लगाएका थिएनन्

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...