भदौ १ देखी बिद्यालय खुल्छन्- शिक्षा मन्त्रालय



हाम्रो इकोनोमि

 

कोरोना जोखीम बढे पनि शिक्षा मन्त्रालयले आफ्नो कार्यक्रमलाइ निरन्तरता दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरे । उनले भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि आग्रह गरे ।

भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म व्यक्तिगत दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक/पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने गर्नुपर्छ । भर्ना गर्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । यसका लागि विद्यालयले पनि दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रवक्ता शर्माले आग्रह गरे ।

उनले पठनपाठन कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारेमा चाँडै नै विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा जारी गर्ने र त्यसपछि मात्रै थाहा हुने बताए । कार्य ढाँचामा सुरक्षा सावधानी लगायत मापदण्डका कुराहरु पनि समावेश हुने उनको भनाइ छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण यो वर्षको नयाँ शैक्षिक सत्र अनलाइन विधिबाट चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...