गैर सरकारी संस्थाहरूको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह



हाम्रो इकोनोमि

 

सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैर सरकारी संस्थाहरुले लुट मचाएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहले गैरसरकारी संस्थाहरुको आर्थिक कारोबारको कुनै लेखाजोखा वा जवाफदेहीता नभएको भन्दै आर्थिक कारोबार पारदर्शी बनाउन माग गरेका छन् ।

देशैभरका स्थानीय तहहरुको बजेट जत्तिकै रकम गैरसरकारी संघसंस्थाहरुले खर्च गर्ने गरेको भएपनि त्यसको परिणाम शून्य रहेको सांसद साहको जीकिर छ ।

सम्बन्धित सरकारी निकाय संस्था दर्ता र नवीकरणमा मात्र सिमित भएका कारण अपारदर्शीता कायम भएको भन्दै सांसद साहले अनियमितता र भ्रष्टाचार रोक्न १० करोड़ भन्दा बढ़ी आर्थिक कारोबार भएको संस्थाहरूको पदाधिकारीको सम्पति बिवरण सार्वजनिक गर्ने र आर्थिक खर्चको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्नु पर्ने जÞस्ता प्रावधान सहित वर्तमान व्यवस्थामा आमूल परिवर्तन गरी जनताको निगरानीसहित सरकारी निकायको भुमिका बढाउनुपर्ने बताएका छन् ।

‘गैर सरकारी संस्थाहरुमा पारदर्शिता एवं सरकारी निकायको प्रभावकारी नियमनको अभावमा अनियमितता र भ्रष्टाचार बढ्दो छ । अहिलेको २१औं शताब्दीको सुचना प्रविधिको युगमा पनि गैर सरकारी संस्थाहरूको आर्थिक कारोबार पुरै अपारदर्शी हुनु दुस्खद छ’ सांसद साहको भनाई छ, ‘कुन एनजिओमा कहाँबाट कति रकम आयो र उक्त रकम कुन ठाउँमा कसरी र कति खर्च भयो ? यसको कुनै लेखाजोखा वा जवाफदेहीता छैन । सरकारी निकायको भुमिका सिर्फ संस्था दर्ता र नवीकरणमा मात्र सिमित छ ।’

‘संस्थाहरूले आफ्नो विधानमा गैर नाफामुलक लेखेपनि प्रायः व्यवहारमा लूट र भ्रष्टाचारमा लिप्त देखिन्छ । औसत अनुपातमा एउटा जिल्लामा स्थानीय तहहरूले खर्च गर्ने बराबरकै हाराहारीमा अरबौ रकम गैर सरकारी संस्थाहरूले खर्च गरिरहेको छ तर परिणाम शुन्य देखिन्छ’ सांसद साहको तर्क छ, ‘तसर्थ गैर सरकारी संस्थालाई परिणाममुखी बनाउन सर्वप्रथम अनियमितता र भ्रष्टाचार रोक्न जरूरी छ । यसको लागि वर्तमान प्रावधानमा आमूल परिवर्तन गरी जनताको निगरानीसहित सरकारी निकायको भुमिका बढाउन सम्बन्धित पक्षको गम्भिर ध्यनाकर्षण गराउदछु ।’

नेपालमा हरेक वर्ष गैरसरकारी संघ संस्थाले अर्बौं रकम खर्च गर्ने गरेको भएपनि सरकारले यकीन हिसाबकिताब राखेको पाइदैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...