प्रचण्ड र नेम्वाङबीच गोप्य भेटघाट



 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सघन संवाद, छलफल जारी रहँदा सचिवालयको चारजना सदस्यले अलग्गै पत्रकार भेला, जमघट आयोजना गरेपछि नेकपा फुटको सङ्घारमा पुगेको त होइन भन्ने प्रश्न खडा भएको छ ।

पार्टीभित्रको विवाद छिरिलिएर सडकमा पुगेपछि अहिले पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङ गोप्य भेटघाट भइरहेको छ । अध्यक्ष प्रचण्ड र संसदीय दलका नेता नेम्वाङबीच खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि भेटवार्ता जारी छ ।

स्रोतका अनुसार प्रचण्डको निवासको माथिल्लो कोठामा उनीहरुबीच गम्भीर कुराकानी भइरहेको छ । बुधबारको परिघटनापछि नेकपा विवादले नयाँ मोड लिएको छ । आफूहरु विरुद्ध प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मैदानमा उत्रिएपछि ओली समूह अलग्गै रणनीति बनाउन जुटेको छ ।

ओलीइतर समूहले भेला, छलफललाई तलतलसम्म लगिसकेका छन् । कोरोना सहज भएका जिल्लामा त्यस्ता गुट–विचार समूहका नाममा हुने भेलाले तीव्रता पाएको छ ।

ओली समूहले पनि त्यस्तै समानान्तर भेला बैठकको तयारी गरिरहेको छ । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जवाफी भेलाको योजना बनाइरहेको छ ।

केपी ओली लचिलो बन्दै भएका बेला अलग्गै पत्रकार भेला गरेर पार्टी फुटको सन्देश दिइएको र ओलीलाई जथाभावी मुख छाड्ने काम भएको ओली पक्षको आरोप छ । यस्तै अवस्थामा अगाडि जान नसक्ने भन्दै अब वारपारको हिसाबले वार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक