प्रचण्ड र नेम्वाङबीच गोप्य भेटघाट



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सघन संवाद, छलफल जारी रहँदा सचिवालयको चारजना सदस्यले अलग्गै पत्रकार भेला, जमघट आयोजना गरेपछि नेकपा फुटको सङ्घारमा पुगेको त होइन भन्ने प्रश्न खडा भएको छ ।

पार्टीभित्रको विवाद छिरिलिएर सडकमा पुगेपछि अहिले पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङ गोप्य भेटघाट भइरहेको छ । अध्यक्ष प्रचण्ड र संसदीय दलका नेता नेम्वाङबीच खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि भेटवार्ता जारी छ ।

स्रोतका अनुसार प्रचण्डको निवासको माथिल्लो कोठामा उनीहरुबीच गम्भीर कुराकानी भइरहेको छ । बुधबारको परिघटनापछि नेकपा विवादले नयाँ मोड लिएको छ । आफूहरु विरुद्ध प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मैदानमा उत्रिएपछि ओली समूह अलग्गै रणनीति बनाउन जुटेको छ ।

ओलीइतर समूहले भेला, छलफललाई तलतलसम्म लगिसकेका छन् । कोरोना सहज भएका जिल्लामा त्यस्ता गुट–विचार समूहका नाममा हुने भेलाले तीव्रता पाएको छ ।

ओली समूहले पनि त्यस्तै समानान्तर भेला बैठकको तयारी गरिरहेको छ । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जवाफी भेलाको योजना बनाइरहेको छ ।

केपी ओली लचिलो बन्दै भएका बेला अलग्गै पत्रकार भेला गरेर पार्टी फुटको सन्देश दिइएको र ओलीलाई जथाभावी मुख छाड्ने काम भएको ओली पक्षको आरोप छ । यस्तै अवस्थामा अगाडि जान नसक्ने भन्दै अब वारपारको हिसाबले वार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...