बामदेवले भने – म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् ।
मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको  र त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको बताएका हुन् ।
गौतम पछिल्लो समय ओली समूहतिर लागेको भन्ने टिकाटिप्पणी भइरहेको बेला उनले प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

सुवेदीमार्फत सार्वजनिक भएको गौतमको प्रष्टीकरणअनुसार मंगलबार पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जाँदा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट बताएका थिए ।
सो क्रममा प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी प्रश्न गर्दा उपाध्यक्ष गौतमले ‘म ठूलो–सानो कुनै  पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गरेका थिए ।

सोअघि साउन १३ गते गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्तावउपर सोही दिन प्रधानमन्त्री  ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...