नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको पर्साका एसपी गंगा पन्तले जानकारी दिए ।

गएको शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गएराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा अस्ति सोमबार ज्यान गुमाएकी पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको हो । अहिलेसम्म ४ लाख ६ हजारको परीक्षण गरिएकोमा २१ हजार ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् । ५ हजार ९ सय २५ जना आइसोलेशनमा र १० हजार ४ सय ५२ जना क्वरेन्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...