विपक्षी दलका नेता सहित विज्ञसँग प्रधानमन्त्रीको छलफल



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका छन् ।

सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले औपचारिक घोषणा गरेको छैन । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...