एसईईको नतिजा सार्वजनिक गर्ने तयारी



हाम्रो इकोनोमि

 

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा विद्यालयलयलाई नै सार्वजनिक गर्न दिने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनलाई नै आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले पठाएको प्रमाणित डाटाको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर विद्यालयलाई नै नतिजा सार्वजकि गर्न दिने विषयमा छलफल भइरहेको बोर्डका एक सदस्यले जानकारी दिए ।

यो वर्ष कुनै तामझाम हुँदैन । विद्यालयले पठाएको नम्बरलाई बोर्डले प्रमाणिकरण गर्ने हो । रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर नतिजा सार्वजनिक गर्न बोर्डले सूचना निकाल्ले र विद्यालयले नै नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको छ । केही दिनमा बोर्डले निर्णय गर्ने सम्भावना छ,’ ती सदस्यले भने ।

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।  एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...