सुनको भाउ तोलाको एक लाख



हाम्रो इकोनोमि

 

सुनको मुल्य तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

उनकाअनुसार महासङ्घको सिफारिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर भाउ महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन । यस्तै मौज्दात रहेको सुन नै बिक्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपाली कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ । यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...