सुनको भाउ तोलाको एक लाख



हाम्रो इकोनोमि

 

सुनको मुल्य तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

उनकाअनुसार महासङ्घको सिफारिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर भाउ महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन । यस्तै मौज्दात रहेको सुन नै बिक्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपाली कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ । यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...