तीन घण्टा लामो छलफल सकियो, पार्टी नफुटाउने सहमति



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको तीन घण्टा लामो छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा के–के विषयमा कुराकानी भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा ओली प्रचण्ड बाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी भएका थिए । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि आजको छलफलमा सहभागी थिए ।

गएको मंगलबार तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । ओलीले एकतर्फ रुपमा स्थायी कमिटी वैठक रोक्नु गलत भएको निष्कर्ष निकालेको उक्त वैठकपछि दुई अध्यक्षबीच संवादहिनताको अवस्था थियो ।

ओली र प्रचण्डबीच संवाद गराउन बिहीबारदेखि महसचिव विष्णु पौडेल र शंकर पोखरेल सक्रिय थिए । शनिबार साँझ पनि ओलीको सन्देश लिएर पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

यता निष्कर्षसहितको वैठकका लागि प्रचण्डले ओलीलाई सन्देश पठाएका थिए । लामो समयदेखि जारी नेकपाभित्रको विवाद हल नहुँदा कार्यकर्तामा निरासा पैदा भएको छ । यस्तै पार्टी र सरकार सञ्चालनमा समेत व्यवधान पैदा भइरहेको छ ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नु पर्ने प्रचण्डको अडान र ओलीको दुबै पद नछोड्ने बरु जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहने अड्डीका कारण विवाद निष्कर्षतिर जान सकेको छैन । पटक–पटकको छलफल निष्कर्षविहीन बन्दा पार्टी फुटको नजिक पुगे पनि हालसम्म दोस्रो पुस्ताका नेताको खबरदारीका कारण शीर्ष नेता विभाजनको बाटोमा भने अघि बढेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...