यस्तो देखियो सिल गरेपछिको ट्राफिक महाशाखा



 

 

उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएको छ ।

‘महाशाखामा आउने सेवाग्राहीलाई समेत बग्गीखाना प्रवेशमा पूर्ण रोक लगाइएको छ,’ महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै सेवा सुचारु होला ।’

महाशाखाका प्रमुख एसएसपी ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल छ ।’

संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको एसएसपी ढकालले बताए । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्