यस्तो देखियो सिल गरेपछिको ट्राफिक महाशाखा



हाम्रो इकोनोमि

 

 

उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएको छ ।

‘महाशाखामा आउने सेवाग्राहीलाई समेत बग्गीखाना प्रवेशमा पूर्ण रोक लगाइएको छ,’ महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै सेवा सुचारु होला ।’

महाशाखाका प्रमुख एसएसपी ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल छ ।’

संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको एसएसपी ढकालले बताए । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...