फेरी लकडाउन हुने संकेत, जोर बिजोर प्रणाली लागू गर्ने तयारी



हाम्रो इकोनोमि

 

विश्वव्यापी माहामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न सरकारले फेरी लकडाउन लगाउने संकेत गरेको छ । लकडाउन खुलेसँगै हटेको सवारी साधन सञ्चालन गर्ने भने तत्कालै जोरबिजोर प्रणाली पुन कायम हुनेछ । यसका लागि स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताउनुभयो । उहाँले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौं उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भन्दै अनुरोध पत्र पठाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...