निगमका कार्यकारी निर्देशक पौडेलले कार्यसम्पादनमा पाए ९२ अंक



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कुल १ सय अंकभारको कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट ९२ नतिजा प्राप्त गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल संयोजकत्वको कार्यसम्पादन मूल्यांकन समितिले उनको एक वर्षको कार्य प्रगति अध्ययन गरी ९२ अंक दिएको हो ।

डेढ वर्षअघि खुला प्रतिस्पर्धाबाट नियुक्त भएर आयल निगम हाँकिरहेका पौडेलले सुरुदेखि नै सुधारका योजनाहरु लागू गरिरहेका छन् । उनले पाइपलाइन विस्तार, भण्डारण गृह निर्माण, निगमकै स्वामित्वमा ग्यासको बोटलिङ प्लान्ट, नयाँ रिफ्युलटर जडानलगायत काम अगाडि बढाएका छन् । यसअघि पौडेलले उदयपुर सिमेन्ट उद्योेगलाई पनि नाफामा सञ्चालन गरेर कुशल प्रशासकको छवि बनाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...