२ करोड छात्रवृति मिल्ने नेपालकै पहिलो र ठुलो भर्चुवल शैक्षिक मेला हुँदै



हाम्रो इकोनोमि

 

शैक्षिक मेला भन्ने वितिक्कै हाम्रो दिमागमा ठुला ठुला ब्यानर, कलेज-कलेजका स्टल, आफ्नो स्टलतिर आकर्षित गर्न बसेका विद्यालय तथा कलेजका प्रतिनिधि, सेवासुबिधा अंकित ब्रोसरको याद आउँछ । तर समय र परिस्थिति त्यस्तो रहेर एक र कोभिड महामारीको आतंक अर्को सूचना प्रविधि प्रयोगको बढ्दो ग्राफ । शैक्षिक सत्र ठप्प भएको चार महिना पुग्न लाग्यो यस्तो विषम परिस्थितिमा हिसानका केन्द्रिय सचिव रामहरी सिलवाल, हिसानकै काठमाडौँ जिल्ला अध्यक्ष नरेन्द्र बहादुर अधिकारी लगायतको दिमागमा एउटा उपाय फुर्यो, नेपालको इतिहासमा पहिलो र ठुलो भर्चुवल शैक्षिक मेला गर्ने त्यो पनि सरकारको मापदण्ड पुरा गरेर, सामाजिक दुरी कायम गरेर । मेलाको पूर्ण जानकारी पत्रकार सम्मेलन गरेर दिईने हिसानका सचिव रामहरी सिलवालले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि यो नविन प्रयोग भएको र वक्तृत्वकला, निवन्ध तथा परिक्षाको माध्यमबाट दुई करोडको शैक्षिक छात्रवृति प्रदान गरिने हिसान काठमाडौँका अध्यक्ष नरेन्द्र बहादुर अधिकारीले बताए । मेला श्रावण २१ देखि भाद्र ३ गतेसम्म हुनेछ ।

नेपालमै सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने बिषयमा विविध परामर्श दिने उद्देश्यले विगत ७ वर्षदेखि शैक्षिक मेला आयोजना गरिँदै आएको छ ।

नेपालमा संचालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुँदा, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्योलता हुने र कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तकै लागि ठूलो धनराशि विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको अध्यक्ष नरेन्द्र बहादुर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...