उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की



हाम्रो इकोनोमि

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।

‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’

‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो (भने)’ मन्त्री भट्टले थपे ।

नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए । ‘हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा गइराछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...