पत्नीको हत्या मैले गरेको होइन, मलाई फसाइयोः रञ्जन कोइराला



हाम्रो इकोनोमि

 

सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा कोइरालाले पत्नीको हत्या नै नगरेको बताए । पत्नी हत्योको अभियोग आफूले शुरुदेखि नै अस्वीकार गरेको बताएका छन् ।

उनले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताए । उनले भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ । समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर आउँछ ।’

शक्तिशाली समूहले आफूलाई फसाएको पूर्वडीआईजी कोइरालाले आरोप लगाएका छन् । उनले आफ्नी प्रेमिका तारा रेग्मी हत्यामा संलग्न नै नरहेको बताएका छन् । ‘प्रेमसम्बन्ध वा सम्बन्ध विच्छेदका लागि पत्नीको हत्या आवश्यक छैन’, कोइरालाले भने, ‘मलाई लगाइएको आरोप दमदार छैन ।’

मकवानपुरको टिस्टुङमा पत्नीलाई पेट्रोल छर्किएर प्रमाण नष्ट गर्न खोजेको आरोप पनि अस्वीकार गरेका छन् । उनले टिस्टुङ गएको स्वीकार गरेका कोइरालाले भने, ‘म एक्लै गएको थिएन । पत्नी हराएकी थिइन् ।’

कोइराला पत्नी हत्यामा साढे ८ वर्ष जेल बसेर हालै छुटेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाशीस चोलेन्द्रशम्शेर राणाको संयुक्त बेञ्चले कोइरालाको आजीवन काराबासको सजायलाई घटाएको थियो ।

कोइरालाको सजाय घटाएको विरोधमा सडक प्रदर्शनहरू समेत भएका छन् । कोइरालाको सजाय घटाएको विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...