आजदेखि होटल- रेस्टुरेन्ट खुल्ने



हाम्रो इकोनोमि

 

लकडाउन सुरू भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका छन्।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन्।

लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो।

सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन्। व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन्।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन्। सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन्।

 

तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन्। यद्यपी बीचमै सीमित क्षमतामा होटल खोल्न सकिने सञ्चालकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...