पटक-पटक ओलीको लात खाएँ, पार्टी जोगाउन फेरी लात खान्छु -वामदेव



हाम्रो इकोनोमि

 

कपाभित्रको अन्तरसंघर्षमा वल्लो घाट न पल्लोतिर बनेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बुधवार केन्द्रीय समस्यहरुको एक समुह निवास भैसेपाटी पुग्यो । जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सवैभन्दा कडा विरोध गर्ने र राजीनामा माग्ने गौतम मंगलवार एकाएक ओली पक्षमा देखिएका थिए भने, साँझ ओलीसँग निवासमा डिनर मिटिड गरेका थिए ।

दुई समुहबीचको अन्तरसंघर्ष आमने सामने भएका बेला गौतमले ओलीलाई राहत हुनेगरी ६ बुँदे सहमतिको नयाँ प्रस्ताव सार्वजनिक गरेका थिए । गौतमको ६ बुँदे प्रस्तावपछि ओली पत्नीसहित निवासमा पुगेका थिए । गौतमलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउने प्रस्ताव ओली र महासचिव बिष्णु पौडेलले गरेको स्रोतको दावी छ ।

अध्यक्ष ओली र महासचिव पौडेलले डिनर मिटिड गरेको भोलीपल्ट बुधवार युवा नेताहरुको एक समुह भैसेपाटी पुगेको थियो । केन्द्रीय सदस्य ठाकुर गैरे, जीवनराम श्रेष्ठ, रामकुमारी झाँझी, डा। दीपकप्रकाश भट्ट, रविन कोइराला, सुरेन्द्र मानन्धर लगायतको समुहु भैसेपाटी पुगेको थियो ।

युवा केन्द्रीय सदस्यहरुको समुहले ६ बुँदे प्रस्तावबाट ओलीलाई मात्र फाइदा भएको भन्दै ब्याक हुन आग्रह गरे । ‘तपाईले पटक-पटक ओलीलाई साथ दिनुभयो, पटक-पटक लात खानुभयो । अझै ओलीलाई नै साथ दिने प्रस्ताव किन ल्याउनुभएको ?’ केन्द्रीय सदस्यहरुको समुहले गौतमलाई भन्यो ‘तपाई आफै पहिले विरोध गर्नुहुन्छ, विरोधले निस्कर्ष पाउनेबेला फेरी ओलीको कित्तामा पुगेर पानी खन्याउनुहुन्छ । अब यो तरिकाबाट हुँदैन, तपाईहरु ब्याक हुनुहोस् ।’

युवा केन्द्रीय सदस्य र गौतमबीच चर्काचर्कीसमेत परेको थियो । उनीहरुले गौतमलाई देशभक्त नेता मान्ने तर गौतम सधै चिप्लो कुरामा चिप्लिने भन्दै आलोचना गरेका थिए । जवाफमा गौतमले पार्टी एकताको रक्षा गर्न ६ बुँदे प्रस्ताव ल्याएको बताए ।

‘हो, मैले ओलीलाई पटक-पटक साथ दिएँ, संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएँ, तर उनले पटक-पटक धोका दिए, लात हाँने’, गौतमले केन्द्रीय सदस्यहरुलाई भने ‘यसपटक पार्टी एकता जोगाउनु पर्ने भयो, केपी ओली पार्टी फुटाउन तयार छन् । फुटबाट जोगाउन फेरी ओलीको हात खान तयार छु । तर सहमतिको ६ बुँदे प्रस्तावबाट ब्याक हुन्न ।’

माले कालदेखि नै वामदेवलाई साथ दिँदै आएका नेताहरु उनको निवासमा पुगेका थिए । तर गौतमले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव ल्याएको र त्यसबाट आफु ब्याक नहुँने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...