वामदेव पत्नी तुलसा मन्त्री बन्ने भएपछि ……………..



हाम्रो इकोनोमि

 

जारी नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने पहिलो ब्यक्ति हुन् -उपाध्यक्ष वामदेव गौतम । ओलीको कडाशैलीमा विरोध गर्दै गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बहाल हुन उनी योग्य नभएको भन्दै राजीनामा मागेका थिए ।

ओलीको दुवै पदबाट राजीनामा माग्ने पहिलो ब्यक्ति वामदेव एक महिना नपुग्दै दुवै पदबाट हटाउन नहुँने पक्षमा कसरी उभिए ? वामदेवको ९० डिग्री परिवर्तनको रहस्य हो -पत्नी तुलसा थापाको मन्त्री पद ।

बालुवाटारमा मंगलवार दुई पक्ष आमने सामने भएका बेला गौतमले ओलीलाई राहत हुनेगरी ६ बुँदे सहमतिको प्रस्ताव गरे । प्रस्तावको ५ औ बुँदामा मन्त्री हेरफेरको प्रस्ताव गरेका छन् । त्यही प्रस्तावमा गौतम अल्झेको पूर्वएमाले समुहमा चर्चा हुन थालेको छ ।

बुँदा नं ५ गौतले भनेका छन्, ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्समा मन्त्रीपरिषद पुर्नगठन तथा राजनीतिक र संवैधानिक नियुक्ति गर्ने ।’ मन्त्रीपरिषद पुर्नगठन गर्ने सहमति जुटे पत्नी तुलसालाई मन्त्री बनाउने लालसामा गौतम छन् ।

प्रधानमन्त्रीको दावी गर्दै आएका गौतम पत्नीलाई मन्त्री बनाए चित्त बुझाउने तहमा पुगेका छन् । पत्नी तुलासालाई मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री ओली र महासचिव बिष्णु पौडेलले दिइसकेका छन् । उनीहरुको आश्वासनलाई प्रतिबद्धतामा बदल्न दुवै पक्षले विश्वासको वातावरण बनाउने सहमति भएको थियो ।

विश्वासको वातावरण बनाउन गौतमले मंगलवार दिउँसो ६ बुँदे प्रस्ताव ल्याए भने ओली र पौडेल साँझ गौतम निवास पुगि डिनर बैठक गरे । डिनर बैठकमा गौतम पत्नीलाई मन्त्री बनाउने प्रतिबद्धता ओलीले जनाएको गौतम निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...