वामदेव पत्नी तुलसा मन्त्री बन्ने भएपछि ……………..
जारी नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने पहिलो ब्यक्ति हुन् -उपाध्यक्ष वामदेव गौतम । ओलीको कडाशैलीमा विरोध गर्दै गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बहाल हुन उनी योग्य नभएको भन्दै राजीनामा मागेका थिए ।
ओलीको दुवै पदबाट राजीनामा माग्ने पहिलो ब्यक्ति वामदेव एक महिना नपुग्दै दुवै पदबाट हटाउन नहुँने पक्षमा कसरी उभिए ? वामदेवको ९० डिग्री परिवर्तनको रहस्य हो -पत्नी तुलसा थापाको मन्त्री पद ।
बालुवाटारमा मंगलवार दुई पक्ष आमने सामने भएका बेला गौतमले ओलीलाई राहत हुनेगरी ६ बुँदे सहमतिको प्रस्ताव गरे । प्रस्तावको ५ औ बुँदामा मन्त्री हेरफेरको प्रस्ताव गरेका छन् । त्यही प्रस्तावमा गौतम अल्झेको पूर्वएमाले समुहमा चर्चा हुन थालेको छ ।
बुँदा नं ५ गौतले भनेका छन्, ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्समा मन्त्रीपरिषद पुर्नगठन तथा राजनीतिक र संवैधानिक नियुक्ति गर्ने ।’ मन्त्रीपरिषद पुर्नगठन गर्ने सहमति जुटे पत्नी तुलसालाई मन्त्री बनाउने लालसामा गौतम छन् ।
प्रधानमन्त्रीको दावी गर्दै आएका गौतम पत्नीलाई मन्त्री बनाए चित्त बुझाउने तहमा पुगेका छन् । पत्नी तुलासालाई मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री ओली र महासचिव बिष्णु पौडेलले दिइसकेका छन् । उनीहरुको आश्वासनलाई प्रतिबद्धतामा बदल्न दुवै पक्षले विश्वासको वातावरण बनाउने सहमति भएको थियो ।
विश्वासको वातावरण बनाउन गौतमले मंगलवार दिउँसो ६ बुँदे प्रस्ताव ल्याए भने ओली र पौडेल साँझ गौतम निवास पुगि डिनर बैठक गरे । डिनर बैठकमा गौतम पत्नीलाई मन्त्री बनाउने प्रतिबद्धता ओलीले जनाएको गौतम निकट स्रोतले बताएको छ ।