प्रधानमन्त्री ओलीको आदेशपछि स्थायी कमिटी बैठक फेरि शुरु



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुन सुचारू गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। दुई नेता प्रधानमन्त्रीलाई भेटेर आएपछि बैठक फेरि सुरू भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए।

स्रोतका अनुसार बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सरकारका केही मन्त्रीहरू पनि सहभागी भएको स्रोतले जानकारी दियो। उपाध्यक्ष गौतमले आजै पार्टी बिग्रह रोक्न भन्दै दुई अध्यक्षलाई ६ बुँदे सुझाव दिएका थिए।

गौतमका सुझाव प्रधानमन्त्री ओलीलाई सजिलो हुने खालका छन्। ओलीइतर समूहले उक्त बैठकमा २५ जना सदस्य सहभागी भएको बताए पनि ओली पक्षले भने त्यहाँ १७ जनामात्र सहभागी भएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...