प्रधानमन्त्री ओलीको आदेशपछि स्थायी कमिटी बैठक फेरि शुरु



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुन सुचारू गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। दुई नेता प्रधानमन्त्रीलाई भेटेर आएपछि बैठक फेरि सुरू भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए।

स्रोतका अनुसार बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सरकारका केही मन्त्रीहरू पनि सहभागी भएको स्रोतले जानकारी दियो। उपाध्यक्ष गौतमले आजै पार्टी बिग्रह रोक्न भन्दै दुई अध्यक्षलाई ६ बुँदे सुझाव दिएका थिए।

गौतमका सुझाव प्रधानमन्त्री ओलीलाई सजिलो हुने खालका छन्। ओलीइतर समूहले उक्त बैठकमा २५ जना सदस्य सहभागी भएको बताए पनि ओली पक्षले भने त्यहाँ १७ जनामात्र सहभागी भएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...