सातदोवाटो मै प्रचण्डलाई ओलीले किन रोके



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलवार स्थायी कमिटी बैठकका लागि बालुवाटार जान घरबाट निस्केको केही समयमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो ।

खुमलटारबाट सातदोवाटो नपुग्दै प्रचण्डलाई ओलीले टेलिफोन गरेका थिए । ‘आज साँझ तपाई र म बसौ । सचिवालयको निर्णयअनुसार एजेण्डा तय गरौ’ , जवाफमा प्रचण्डले भने ‘हुन्छ, स्थायी कमिटीको बैठक सकेपछि छलफल गरौला । ’ लगतै ओलीले भने ‘आजको स्थायी कमिटी बैठक स्थगित भइसक्यो । ’

प्रचण्ड फेरी सुकुम्वासी अध्यक्ष भए । आफुलाई थाहा नै नदिई स्थायी कमिटीको बैठक स्थगित भएको सुचना ओलीले सुनाए । प्रचण्डले भने ‘किन कसरी बैठक स्थगित भयो ?’ जवाफमा ओलीले भने ‘मेरो एकल निर्णयबाट बैठक स्थगित भइसक्यो । ’

प्रचण्ड बिलखबन्दमा परे । बालुवाटार जाने या नजाने दुविधाकैबीच प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई टेलिफोन गरे । नेपालले स्थायी कमिटीको बैठक स्थगित गर्न नहुँने भन्दै बालुवाटार आउन प्रचण्डलाई आग्रह गरे । आधाभन्दा बढी स्थायी कमिटीका सदस्यहरु बैठक स्थल बालुवाटार पुगिसकेका थिए ।

वालुवाटार पुगेका स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालबाट बैठक स्थगित भएको जानकारी पाए । बैठक स्थगित भएको न प्रचण्डले थाहा पाए नत सचिवालय र स्थायी कमिटीका सदस्यले थाहा पाए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...