प्रचण्डलाई ओलीले भने मैले बैठक स्थगित गरिसके, वालुवाटार नआउनु



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलवार स्थायी कमिटी बैठकका लागि बालुवाटार जान घरबाट निस्केको केही समयमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो ।

खुमलटारबाट सातदोवाटो नपुग्दै प्रचण्डलाई ओलीले टेलिफोन गरेका थिए । ‘आज साँझ तपाई र म बसौ । सचिवालयको निर्णयअनुसार एजेण्डा तय गरौ’ , जवाफमा प्रचण्डले भने ‘हुन्छ, स्थायी कमिटीको बैठक सकेपछि छलफल गरौला । ’ लगतै ओलीले भने ‘आजको स्थायी कमिटी बैठक स्थगित भइसक्यो । ’

प्रचण्ड फेरी सुकुम्वासी अध्यक्ष भए । आफुलाई थाहा नै नदिई स्थायी कमिटीको बैठक स्थगित भएको सुचना ओलीले सुनाए । प्रचण्डले भने ‘किन कसरी बैठक स्थगित भयो ?’ जवाफमा ओलीले भने ‘मेरो एकल निर्णयबाट बैठक स्थगित भइसक्यो । ’

प्रचण्ड बिलखबन्दमा परे । बालुवाटार जाने या नजाने दुविधाकैबीच प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई टेलिफोन गरे । नेपालले स्थायी कमिटीको बैठक स्थगित गर्न नहुँने भन्दै बालुवाटार आउन प्रचण्डलाई आग्रह गरे । आधाभन्दा बढी स्थायी कमिटीका सदस्यहरु बैठक स्थल बालुवाटार पुगिसकेका थिए ।

वालुवाटार पुगेका स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालबाट बैठक स्थगित भएको जानकारी पाए । बैठक स्थगित भएको न प्रचण्डले थाहा पाए नत सचिवालय र स्थायी कमिटीका सदस्यले थाहा पाए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...