अब बहुमतबाट विवादको छिनोफानो हुन्छ-प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेका बेला दुवै पक्षले स्थायी, केन्द्रीय समिति र संसदीय दलमा बहुमत जटाउने गणितिय खेल शुरु गरेका छन् । नेकपाभित्रको विवाद सहमतिमा सुल्झिने सम्भावना लगभग कम हुँदै गएको छ ।

सहमतिय सम्भावना कम हुँदै गएपछि दुवै पक्ष बहुमतिय खेलमा जुटेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुह आफ्नो बहुमतलाई कायम राख्न दैनिक भेला र बैठकमा जुटेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड माधव समुहका नेताहरुलाई आफ्नो पक्षमा तान्न दैनिक बालुवाटारमा बैठक गरिरहेका छन् ।

सहमतिका लागि भन्दै स्थायी कमिटीको बैठक झण्डै २५ दिनदेखि बस्न सकेको छैन । दुई अध्यक्षबीच ९ पटक बालुवाटारमा सम्वाद हुँदापनि निकास निस्किन सकेन । निकास निकाल्न र स्थायी कमिटीलाई बन्धक नबनाउन प्रचण्ड माधव समुहले आजदेखि नियमित एजेण्डामा छलफल गर्ने तयारी गरेका छन् । नियमित एजेण्डा छलफल गरी स्थायी कमिटीको बैठक सुचारु गर्ने र सरकार र पार्टीको समिक्षा गर्दा ओलीको राजीनामा माग्ने तयारी गरेका छन् ।

प्रचण्ड माधव समुहले सहमति जुट्न नसक्ने अबस्था भए स्थायी कमिटीबाट बहुमतिय निर्णय गर्ने र केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । तर प्रधानमन्त्री ओली समुह स्थायी कमिटी बैठकमै उपस्थित नहुँने सम्भावना रहेको छ ।

दुवै समुहले दुवै समुहका नेताहरुसँग नियमित भेटघाट गरिरहेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समुहका तीन नेताहरुसँग बालुवाटारमा गोप्य छलफल गरेका छन् । कृषिमन्त्री घनश्याम भूसाल, पर्यटनमन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुनसँग ओलीले छलफल गरेका छन् । त्यसैगरी स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग ओली र महासचिव बिष्णु पौडेलले निरन्तर छलफल गरिरहेका छन् ।

दुवै समुह बहुमतिय खेलमा लागेपछि वालुवाटार, खुमलटार र कोटेश्वरमा वार्ताहरु भइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समुह बिचल्लित भएको छैन भने प्रचण्ड समुह केही बिचल्लित भएको छ । आफ्नो समुहमा ओली खेलेको थाहा पाएपछि प्रचण्डले पनि घेरा बलियो बनाउन थालेका छन् ।

पूर्वमाओवादीका नेताहरुसँग नियमित भेटघाट थालेका छन् । पार्टी एकता अनुरुप ओली नचलेको आफुलाई सुकुम्वासी अध्यक्ष बनाएको, पार्टी र सरकारको छवि विग्रेको बताउन थालेका छन् ।

सुदुरपश्चिम प्रदेशका नेताहरुसँग प्रचण्डले आफुलाई सुकुम्वासी अध्यक्ष बनाएको बताएका थिए भने अन्य पूर्वमाओवादी समुहका नेताहरुसँग पनि यहि शब्द बोल्न थालेका छन् । उद्योगमन्त्री लेखराज भट्टमाथी निकै आक्रोसित भएका प्रचण्डले तत्काल स्थायी कमिटी र मन्त्रीबाट राजीनामा दिन भट्टलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...