विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल केही समयमा सकिदै



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ ।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएका छन् ।

काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराइदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधारका लागि घिसिङले महत्वपूर्ण योगदान गरेका छन् ।

प्राधिकरणको नेतृत्व रिक्त हुनै लाग्दा कतिपयले नयाँ कार्यकारी निर्देशकका लागि  लबिङसमेत सुरू गरेको बुझिएको छ । तर, राम्रो काम गरेकाले घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने जनदबाब सरकारमा छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...