महाधिवेशन प्रभावित पार्ने खेलमा देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ । यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् ।

कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । तर १३ औं महाधिवेशनबाट सभापति बनेका देउवाले चार वर्षे कार्यकालभर विभाग बनाएनन् । तर २०७७ फागुन ७–१० मा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा विभागमा मनोनयन तीब्र  बनाएका छन् ।

त्यसअघि ११ पुस, २०७६ मा पौडेल र कृष्ण सिटौला समूहको बहिस्कारका बाबजुद बहुमतले विधान संशोधन गर्दै विभागहरु २८ बाट ४७ बनाउने निर्णय गरेको थियो । त्यसपछि महाधिवेशनको कार्यतालिका, नेविसंघबारे सहमति जुटे पनि विभागहरु थप्ने प्रस्तावमा पौडेल समूहको विरोध कायमै थियो ।

तर देउवाले ४७ वटै विभागमा पदाधिकारी र सदस्य मनोनयन तीब्र बनाएका छन् । वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइाला र कोषाध्यक्ष सीतादेवी यादवले पत्र लेखेर असहमति जनाए पनि देउवाले मनोनयन रोकेका छैनन् ।

पौडेल समूहले भने विभागहरुमा मनोनयन विधान विपरीत र आसन्न महाधिवेशन प्रभावित पार्ने खेल भएको बताएको छ । ‘वर्तमान सभापतिले आसन्न महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाका लागि काम गर्न थाल्नु भएको छ’ पौडेल समूहका एक नेता भन्छन्, ‘यो विधान विपरीत छ र, यसले पार्टीको अधिवेशन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका बढाएको छ ।’

आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकमा यसलाई कसरी रोक्ने भन्नबारे छलफल भएको छ । एक नेताका अनुसार यसबारे पार्टी सभापति देउवालाई भेटेरै कुराकानी गर्ने र त्यसपछि पनि नसच्चिए चाल्ने सम्भावित कदमबारे छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...