सोमबारबाट तीन दिनसम्म भारी वर्षाको सम्भावना



हाम्रो इकोनोमि

 

सोमबार (भोलि) बाट पुन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विषेश मौसमी बुलेटिन अनुसार मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागले पूर्वानुमान गरेको छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘नेपालको तराई भू-भाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार (साउन १२) रातीबाट ३/४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको छ।’

विभागले नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने समेत अनुमान गरेको छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले सबैमा अपिल समेत गरेको छ ।

यस्तो छ, विशेष मौसमी बुलेटिन:

विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान भनेर साउन १० गते जारी गरेको बुलेटिन अनुसार आइतबार (आज) भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजराति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै विभागले सोमबार पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको अनुमान रहेको छ।

यस्तो छ, आगामी तीन दिनको मौसम:

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...