राप्रपा कांग्रेसमा विलय भयो, सुनील थापा सहमहामन्त्री



हाम्रो इकोनोमि

 

स्थापनाकालदेखि नै टुटफुटका दर्जनौ श्रंखला पार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरी चोइटिएको छ । पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिवार औपचारिकरुपमा राप्रपा चोइट्याएका छन् । थापासहित ३० राप्रपाका नेताहरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् ।

थापालाई नेपाली कांग्रेसमा ल्याउन सभापति शेरबहादुर देउवाले लामो समयदेखि प्रयास गरेका थिए । अन्तः उनको प्रयास सफल भएको छ । राप्रपा चोइट्याएर कांग्रेसमा प्रवेश गरेलगतै उनलाई सहमहामन्त्री बनाउने तयारी देउवाले गरेका छन् ।

उनीसहित आएका केन्द्रीय सदस्य र अन्य नेताहरुको पनि केन्द्रीय समिति, प्रदेश समितिमा ब्यवस्थापन गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ । राप्रपा एकता भएदेखि थापाले असन्तुष्टी पोख्दै आएका थिए । विशेष गरी पार्टी अध्यक्ष कमल थापासँग उनको सम्बन्ध राम्रो बन्न सकेको थिएन ।

थापालाई कांग्रेसमा भित्राउन गोप्य सम्वाद टोली गठन भएको थियो । उपाध्यक्ष विमलेन्द्र निधिको नेतृत्वमा समिति बनेको थियो । थापालगायत समुहलाई कांग्रेसमा ल्याउन देउवाले निधिलाई जिम्मा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...