राप्रपा कांग्रेसमा विलय भयो, सुनील थापा सहमहामन्त्री



हाम्रो इकोनोमि

 

स्थापनाकालदेखि नै टुटफुटका दर्जनौ श्रंखला पार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरी चोइटिएको छ । पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिवार औपचारिकरुपमा राप्रपा चोइट्याएका छन् । थापासहित ३० राप्रपाका नेताहरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् ।

थापालाई नेपाली कांग्रेसमा ल्याउन सभापति शेरबहादुर देउवाले लामो समयदेखि प्रयास गरेका थिए । अन्तः उनको प्रयास सफल भएको छ । राप्रपा चोइट्याएर कांग्रेसमा प्रवेश गरेलगतै उनलाई सहमहामन्त्री बनाउने तयारी देउवाले गरेका छन् ।

उनीसहित आएका केन्द्रीय सदस्य र अन्य नेताहरुको पनि केन्द्रीय समिति, प्रदेश समितिमा ब्यवस्थापन गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ । राप्रपा एकता भएदेखि थापाले असन्तुष्टी पोख्दै आएका थिए । विशेष गरी पार्टी अध्यक्ष कमल थापासँग उनको सम्बन्ध राम्रो बन्न सकेको थिएन ।

थापालाई कांग्रेसमा भित्राउन गोप्य सम्वाद टोली गठन भएको थियो । उपाध्यक्ष विमलेन्द्र निधिको नेतृत्वमा समिति बनेको थियो । थापालगायत समुहलाई कांग्रेसमा ल्याउन देउवाले निधिलाई जिम्मा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...