प्रचण्डले भने केपी ओलीले नै नेकपा एमाले दर्ता गराए



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गम्भीर असन्तुष्टी पोखेका छन् । यसअघि पार्टी बैठकमा ओलीको विरोध गर्दै आएका प्रचण्डले शुक्रवार सार्वजनिक कार्यक्रममै ओलीको कडा आलोचना गरेका छन् ।

‘पार्टी बैठक चलिरहेको थियो, अर्का अध्यक्षले देशभर सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाउन केही झुण्ड पठाउनुभयो’, पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले भने ‘बालुवाटारमा बैठक चलिरहेको छ, अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भयो ।’

नेकपाभित्रको विवाद चरमउत्कर्षृमा पुगेका बेला नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो । त्यो बिषयले पनि नेकपा स्थायी कमिटीमा निकै ठुलो बहस भएको थियो ।

नेकपा एमाले नामको पार्टी प्रधानमन्त्री ओलीको सक्रियतामा दर्ता भएको आरोप प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमले लगाउँदै आएका छन् । ओलीले आफ्ुनो सक्रियता नभएको बताएपनि सर्वजनिकरुपमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेकपाभित्रको विवाद अहिले युद्धविरामको अबस्थामा छ । प्रधानमन्त्री ओली एकातिर छन् भने अन्य नेताहरु उनको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...