पचनालि कोटीगाउँको लालपुर्जा धरौटि राखेर जेल जानबाट आलेलाई कस्ले छुटाएका थिए ?
बि.सं. २०४७ /०४८ साल ताका डोटी जिल्लामा नेकपा(एमाले)का नेता कार्यकर्ता मात्र होईन । हरेक गाबिसमा रहेका मतदाताका नाम समेत औलामा गन्न सकिने संख्यामा थियो । त्यसबेला कम्युनिष्ट पार्टीका भन्ने बितिकै दुरव्यवहार गरिन्थ्यो । जातपात नमान्ने, ६० बर्ष माथिका बृद्धलाई गोली हानि मार्ने लगायतका काल्पनिक कथाहरु बनाएर नेपाली काँग्रेसले गोयवल्स शैलीमा प्रचार युद्ध थालेको थियो । बि.सं. २०४८ सालको आम निर्बाचन तथा ०४९ सालको स्थानीय निर्बाचनमा हरेक गाउँमा माईन्युट नै उठाएर नेपाली काँग्रेसको चुनाब चिन्ह रुखमा मत नदिनेलाई समाजबाट बहिस्कृत गर्ने निर्णय भएको थियो ।
त्यसताका धनगढी डडेल्धुरा भिमदत्त राजमार्गमा चर्चित नाम प्रेम बहदुर आलेमगर । साबिकको छतिवन गाबिस वडा नं. ९ रुपसकाँडा निवासी प्रेम बहादुर आलेको नाम अहिले जस्ता राजनीतिमा जोडिएका थिएनन ।
उनलाई तत्कालिन समयमा राजनैतिक रुपमा सँरक्षण नेपाली काँग्रेसले गरेको थियो । उतिबेला गाबिस अध्यक्ष जितबहादुर विष्ट, उपाध्यक्ष शेरबहादुर जेठारा तथा काँग्रेसका स्थानीय नेता हरिभक्त भण्डारी लगायतले प्रतिपक्षका बिरुद्धमा प्रेम आलेलाई परिचालन गर्ने गर्थे । बि.सं. २०५१ सालको निर्बाचनको क्रममा बुडरमा तत्कालिन नेकपा एमालेको बुडर बजारमा चुनावी सभा थियो । यो पँक्तिकार सिलगढीबाट धनगढी जाने क्रममा बुडर स्थित बागमती होटेलमा खाना खाईरहेको बेला अकस्मात भागदौड मच्चियो ।
एमालेका उम्मेदवार नन्दलाल जोशी, नेता डिल्लीराज भट्टलाई कार्यकर्ताहरुले बागमती होटलको एउटा कोठामा ताल्चा लगायर कोठामा थुने । कुरो बुझ्दै जाँदा ती चर्चित ब्यक्ति प्रेम आलेले मोटरसाईकलमा आएर नेपाली काँग्रेसको गढ मानिएको ठाउँमा आम सभा गर्ने ? कसले दियो अनुमती भनेर आतँक मच्चाएपछि भागदौड मच्चिएको रहेछ । प्रेम आले बुडरबाट आफ्नो घर रुपसकाँडा लागेपछि एमाले नेताहरु छोटकरीमा आमसभा गरेर जोरायल तिर हिंडेका थिए ।
बि.सं. २०५३ सालको अन्त तिर नेपाली काँग्रेसका स्थानीय नेताहरुसँग प्रेम आलेको सम्बन्ध बिस्तारै चिसिन थाल्यो । सम्बन्ध चिसिनुमा काठ जडिबुटी तस्कारी बापत प्राप्त कमिशन बाँडफाँड नै थियो । उनले रिस फेर्नकालागि पार्टी परिबर्तन गर्ने निर्णय गरे । आलेको बिगतको पृष्ठभूमि हेर्दा एमाले नेताहरुले आलेलाई सजिलै भित्राउने पक्षमा थिएनन । तर तत्कालिन उप सचिब डिल्लीराज भट्टलाई प्रभावमा पारेर आले एमालेमा सजिलै भित्रिए । बि.सं २०५४ सालको स्थानीय निर्बाचनमा साबिकको छतिवन गाबिस वडा नं. ९ बाट वडा सदस्यको टिकट प्राप्त गरि विजयी हुनुका साथै ईलाका नं. ६ को ईलाका सदस्य पदमा पनि सजिलै विजयी हासिल गरे । तत्कालिन एमालेको जिल्ला कमिटी सदस्य तथा उपसचिब समेत बन्न सफल भए ।
प्रेम आले उदाउनुमा बिभिन्न कारण रहेका छन । उनीसँग आफ्नो स्वार्थकोलागि जेपनि गर्न तयार हुने कला र आर्थिक श्रोत हो । उनले पार्टी भित्रका अधिकाँश बिरोधीहरुको राजनीति समाप्त गर्न सफल हुनु पनि एक हो । प्रेम आलेलाई गुण्डा उपमाबाट धोई पखाली राजनीतिमा सामेल गराउने, एमालेमा फुलमाला सहित भित्र्याउने डिल्लीराज भट्टको राजनीतिक जीवन करिब आलेले समाप्त नै गरि दिए । डोटीका पुराना कम्युनिष्ट डिल्लीराज भट्ट जहाँ जहाँ उम्मेदवार बन्न थाले, पार्टीको आन्तरिक कमिटीमा हुने निर्बाचनमा पनि आलेले साम दाम दण्ड भेद प्रयोग गरेर भट्टलाई रोक्न सफल भए ।
डिल्लीराज भट्ट एउटा उदाहरण मात्र हुन ।आलेकै कारण राजनीतिक रुपमा बिस्थापित हुने दर्जनौं ब्यक्तिहरु छन । आलेलाई राजनीतिक ज्ञान शुन्य पनि छैन । उनि अध्ययन गर्दैनन । पार्टीको नाम बाहेक पार्टीको नीति बिचार कार्यक्रमको वारेमा जानकारी राख्दैनन । उनको चासो भनेको राजनीतिक पदलाई भजायर आर्थिक आर्जन गर्नु हो ।
उनका सल्लाहकारहरु पनि उनलाई सहि सल्लाह दिदैनन । उनको चाहना पनि आलेको आडमा कमाउनु नै हो । जसले हरेक क्षेत्रमा आले विवादित बन्दै गएका छन । हालै कैलालीमा बैज्ञानिक वन ब्यवस्थापनको अनुगमन गर्न उपसमितिको तर्फबाट आएका आलेको नियत वनको सँरक्षण गर्नु थिएन । आफुलाई नियमित रुपमा चन्दा, कमिशन दिने काठका ठेकेदारहरुलाई सामुदायिक वन र वन कार्यालयले साल सल्लोका काठ उपलब्ध नगराएको रिस फेर्नु नै थियो ।
यस्तै वाईड बडी छानविन, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा पनि आले विवादित बन्नुमा लेनदेन नै हो । अर्को माननिय आलेलाई आफ्नो बिग्रीएको छबि सुधार्नु भन्दा पनि आफ्ना आसेपासेलाई पैसा दिएर नेताहरुलाई सामाजिक सन्जाल मार्फत गाली गर्न लगाउने, कहिले वन मन्त्री बन्ने सम्भावना, कहिले पर्यटन मन्त्री बन्ने सम्भावना, कहिले भौतिक योजना मन्त्री बन्ने भनेर प्रचार गर्न लगाउछन । यसले पनि नेताहरुको बिचमा आलेको छबि राम्रो बन्न सकेको छैन ।
आलेले कार्यकर्ताहरुलाई सजिलै प्रभावमा पार्न सक्छन । एउटा होटल रेष्टुरेन्टमा बसेमा कम्तीमा ५ हजार बिल भुक्तानी गर्छन । पार्टीको आन्तरिक बैठक अधिबेशनमा प्रतिनीधि हुनेहरुलाई हरेक गाउँमा गाडी पठाउछन, अनि दिपायल सिलगढीमा रहेका महँगा होटलमा निशुल्क खाना, आवास, तथा दारु मासुको व्यवस्था गरेर प्रभावमा पार्ने गर्दछन । र पार्टीको नेतृत्व आफु अनुकुलमा प्रयोग गर्छन । तर कम्युनिष्ट पार्टीको राजनीतिमा लामो त्याग, रगत पसिना बगाएकाहरुलाई राजनीति महँगो बनाई दिए ।
आले २०५४ सालमा जिल्ला विकास समिति डोटीको सदस्य रहँदा छतिवनका वनबाट सल्लाका काठहरु तस्करि गर्दै गर्दा पक्राउ परेका र जिल्ला अदालत डोटीमा तत्कालीन ईलाका न ११ का जिल्ला विकास समिति सदस्य तथा एमाले नेता, हालका जिल्ला समन्वय समिति सँयोजक राम बहादुर ऐरले पचनालि कोटीगाउँको लालपुर्जा धरौटि राखेर जेल जानबाट छुटाएका थिए ।


