अध्यक्ष या प्रधानमन्त्री कुन रोज्ने, उहाँकै कुरा हो: सुरेन्द्र पाण्डे (भिडिओ) सहित



हाम्रो इकोनोमि

 

अहिले पार्टी पनि चलेको छैन र सरकार पनि चल्न सकेको छैन। सरकार र पार्टीले जुन प्रभाव राखेर जानु पर्ने थियो, त्यो हुन सकेको छैन।

यस कुराकानीका मुख्य बुँदा

-दुबै काममा एउटै व्यक्ति रहँदा दुबै काममा बाधा पुगेको छ। यसलाई ध्यानमा राखेर एक व्यक्ति एक पद भन्ने कुरा जबरजस्ती उठेको छ।

– बाहिर आएका समाचारलाई आधार मान्ने हो भने पछिल्ला दिनमा प्रचण्डजीसँग केही अन्यौलता र अस्पष्टता छ किजस्तो देखिएको छ। तर प्रचण्ड पनि प्रधानमन्त्रीले १ पद छोड्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ होला भन्ने मलाई लाग्छ।

– १३ गतेको बैठक एउटा निष्कर्षमा पुग्नपर्छ, सधैँ बैठक लम्ब्याएर मात्रै हुँदैन।

-‘युद्धविराम’ शब्द प्रयोग नगरे पनि मैले के भन्न सक्छु भने पार्टीभित्र सहमति, समझदारी र निष्कर्षमा नपुगेका कारण बैठक स्थगित भएको छ। एक प्रकारले यो युद्धविराम पनि हो। आन्तरिक निष्कर्षमा नपुगेका कारणले हो।

– दुई अध्यक्ष र सचिवालय बस्ने निष्कर्ष निकाल्ने अनि त्यसलाई बैठकमा ल्याउने एउटा उपाय हो भने अर्को स्थायी समितिबाट निष्कर्ष निकाल्ने हो। पहिलो बाटोबाट समाधान निकाल्नु सहज हो। त्यस्तो हुन सकेन भने बैठकबाट निष्कर्ष निकाल्ने हो।

– स्थायी समितिको शक्तिकै कारणले बैठक आयोजना भएको हो। यसको शक्तिकै कारणले बैठक सर्नेलगायत भएको हो। टिप्पणी गर्नेहरूले स्थगित समिति भने पनि स्थायी समितिकै जोडबलले बैठक भएको हो।

– महाअधिवेशन मुखले गरेर हुँदैन। तलका कमिटीको निर्वाचन हुनपर्‍यो। दस्तावेजको लेखन हुनपर्‍यो। एउटा समझदारीका आधारमा अधिवेशनमा जान पर्‍यो। त्यो काम भएको छैन। यो अवस्थामा चैतमा त हुन कठिन छ, मंसिरमा कसरी होला?

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...