फेरी सुरु भयो मापसे जाँच
कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।


