होटल र बिद्यालय भदौ १ बाट सञ्चालन



हाम्रो इकोनोमि

 

सरकारले करिव ६ महिनाअघि लगाएको लकडाउन पूर्णरुपमा खोलेको छ । १५ साउनदेखि होटल, रेस्टुरा खुल्ने भएका छन् भने चैत ११ देखि लामो दुरीका यातायात पनि सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणको त्रासले ११ चैतदेखि देशभर लकडाउन गरिएको थियो ।

कोरोनाको संक्रमण नियन्त्रणमा आउन थालेपछि सरकारले लकडाउन खोलेको छ । बिद्यालयहरु पनि भदौ १ खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । बैशाख १ देखि लिइने भर्ना भदौ १ बाट लिइने भएको छ । लामो समयदेखि बन्द भएका स्कुलहरु अनलाइन मार्फत पढाई सञ्चालन हुँदै आएका थिए ।

कोरोनको संक्रमण घटेपछि लकडाउन खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले बताए । भदौ १ देखि आन्तरिक र बाह्य उडान पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...