भदौ १ गतेदेखि लामो दूरीको यातायात खुल्ने



हाम्रो इकोनोमि

 

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

भदौ १ गते भन्दा अघिसम्म भने काठमाडौंभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन  हुन पाउँछन् ।

यातायात व्‍यवसायीले साउन ८ गतेदेखि नै लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो । सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि  मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...