बादल, जनार्दन र लेखराजले प्रचण्ड गुट छोडे



हाम्रो इकोनोमि

 

नेकपा भित्रको विवादलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी समुहमा छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी समुहका नेताहरुबीच सोमबार विहान छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य सहमति गरेको आरोप लागेपछि प्रचण्डले आइतवार चार सचिवायलय र १४ स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका थिए । सोमबार पूर्वमाओवादी समुहसँग छलफल गरेको खुमलटार स्रोतले बताएको छ ।

खुमलटार बैठकमा पूर्वमाओवादी समुहबाट स्थायी कमिटीमा रहेका नेताहरु थिए । पूर्वमाओवादी समुहका तीन नेता भने प्रचण्डले बोलाएको बैठकमा पुगेनन् । सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा वादल, उद्योगमन्त्री लेखराज भट्ट र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा बैठकमा नपुगेको स्रोतले बताएको छ ।

आफ्नो अन्य ठाउँमा काम परेका कारण बैठकमा आउन नसकेको जानकारी उनीहरुले प्रचण्डलाई दिएका थिए । अन्य सवै नेताहरु खुमलटार पुगेको थिए । तर त्यहाँ के कुरा भयो त्यो भने गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...