बादल, जनार्दन र लेखराजले प्रचण्ड गुट छोडे



हाम्रो इकोनोमि

 

नेकपा भित्रको विवादलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी समुहमा छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी समुहका नेताहरुबीच सोमबार विहान छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य सहमति गरेको आरोप लागेपछि प्रचण्डले आइतवार चार सचिवायलय र १४ स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका थिए । सोमबार पूर्वमाओवादी समुहसँग छलफल गरेको खुमलटार स्रोतले बताएको छ ।

खुमलटार बैठकमा पूर्वमाओवादी समुहबाट स्थायी कमिटीमा रहेका नेताहरु थिए । पूर्वमाओवादी समुहका तीन नेता भने प्रचण्डले बोलाएको बैठकमा पुगेनन् । सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा वादल, उद्योगमन्त्री लेखराज भट्ट र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा बैठकमा नपुगेको स्रोतले बताएको छ ।

आफ्नो अन्य ठाउँमा काम परेका कारण बैठकमा आउन नसकेको जानकारी उनीहरुले प्रचण्डलाई दिएका थिए । अन्य सवै नेताहरु खुमलटार पुगेको थिए । तर त्यहाँ के कुरा भयो त्यो भने गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...