अझै ओलीसँग निउ खोज्दै पूर्वमाओवादी, खुमलटारमा भेलामा यस्तो षड्यन्त्र



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे ।

पूर्वमाओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्दै प्रचण्डले बैठक सुरु गरेका थिए । पार्टी एकता भएपनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै उनले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए । यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने ।

मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सहमत हुन नसक्ने प्रचण्डले बताएका छन् । शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए ।

त्यही प्रस्तावमा सहमति गराउन सचिवालय बैठक लगतै प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति कार्यालय शीतल निवास बोलाइएको थियो । तर आफू सहमत नभएको प्रचण्डले बताए । वैचारिक विषय नटुंग्याई महाधिवेशन गर्दा पदका लागि मात्र गरेको सन्देश जाने उनले बताए ।

बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । ‘अब बैठकलाई धेरै लम्ब्याउनु हुन्न, एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ’ बैठकमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रचण्ड निवासमा भएको बैठकमा रामबहादुर थापा बादल र लेखराज भट्ट भने सहभागी थिएनन् । गृहमन्त्री थापाले केही ढिला आउँछु भनेको तर अन्तिमसम्म पनि नआएको एक नेताले भने । भट्ट भने पछिल्लो समय ओली नजिक छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...