खानेपानीमन्त्री बिना मगरको राजीनामा माग्ने को, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

बागमती प्रदेश सभाको बैठकमा खानेपानी मन्त्री बिना मगरको राजीनामा माग गरिएको छ । मेलम्चीको सुरुङ दुर्घटनाको कारण मन्त्री मगरको कमसल काम र प्रचार ज्यादा भएको भन्दै नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले राजीनामा माग गरेका हुन् ।

काठमाडौंमा पानी ल्याउने भन्दैमा जबरजस्ती काम देखाउने प्रवृत्तिका कारण दुर्घटना निम्तिएको ठहर गरेका लामाले भने,‘स्थानीय सरकारलाई कुनै खबर नगरी पानी सुरुङमा छिराइयो, कमसल काम गरेर त्यसरी दुर्घटना निम्त्याउन पाइन्छ ? मन्त्री मगरले राजीनामा दिनुपर्छ ।’

मेलम्चीलाई मन्त्री पदको साख बनाएको र आउन लाग्दा भाइरल भएकी मगरले दुर्घटनामा चुइँक्क समेत नबोलेको आरोप लगाएका लामाले भने,‘ढोल बजाएर मेलम्ची आउन लाग्यो भनेर भाइरल हुने खानेपानी मन्त्री इन्जिनियरको ज्यान जाँदा किन चुप हुनुहुन्छ ? यस्तो गैर जिम्मेवार व्यक्ति मन्त्रीमा बसिरहन मिल्छ ?’

घटनाप्रति दुख व्यक्त गर्दै लामाले यस्तो हरर ट्रेलर देखाउने दोषीमाथि कारबाहीको माग गरे ।

सुरुङ पुरै भरिएर यस्तो दुर्घटना भएको भए मेलम्चीदेखि सुन्दरीजलसम्मको टनेल भरिएकै अवस्थामा यसैगरी दुर्घटना भएको भए हेलम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, सिपाघाटदेखि दोलालघाटसम्मको बस्तीमा खतरामा पर्ने चेतावनी दिएका लामाले प्रधानमन्त्री केपी शर्मा ओली समेत नबोल्नु दुखद भएको बताए ।

असार ३० गते मेलम्ची सुरुङको १७ नम्बर गेट फुस्केर पानी फँर्कदा जिपमा गएका इन्जिनियरको टोली बगाएको थियो। जिप बगाउँदा सवारी चालक राधाकृष्ण थापामगर वेपत्ता छन् भने इन्जिनियर सतिस गोइत मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...