खुमलटारमा पूर्वमाओवादी नेताको भेलामा चर्चाबीच



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।   सोमबार खुमलटारस्थित निवासमा प्रचण्डले पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका हुन् ।

अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डले यसमा सहमति जनाएको चर्चा चलेपछि उनीनिकट स्थायी कमिटी सदस्यहरू असन्तुष्ट रहेको बताइन्छ ।

‘ओलीसँग सहमति भएको भनिएको विषयमा केही साथीले संशययुक्त प्रश्न उठाएपछि उहाँ (प्रचण्ड)ले छलफलका लागि डाक्नुभएको हो’, छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यले भने ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्टसहित केही स्थायी कमिटी सदस्य अनुपस्थित छन् । स्थायी कमिटी सदस्य दीनानाथ शर्माले आफूलाई खबर नभएकाले खुमलटार नगएको बताए । ‘टोपबहादुरजी, मणि थापाजीहरू जानुभएको हो, मलाई खबर थिएन र गइनँ’, उनले भने ।

अहिले पूर्वमाओवादीका कतिपय नेता प्रचण्डको पक्षमा छैनन् । उनीहरूमध्ये केही ओली खेमामा लागेका छन् भने कतिपय वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...