भोलिदेखि पूर्ण रुपमा सार्वजनिक यातायात सञ्चालन गरिँदै



हाम्रो इकोनोमि

 

भोलिदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन हुने भएका छन् । सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन् । आइतबार (आज) यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलीदेखि यातायात सञ्चालन गर्ने बताएका हुन् ।

सरकारले असार २६ गते नै सवारी सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरुले गाडी चलाएका थिएनन् । केही व्यवसायीले छिटफुट रुपमा बस सञ्चालन गर्दै आएकोमा भोलीदेखि पूर्णरुपमा यातायात सञ्चालन गर्न उनीह तयार तयार भएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले आफूहरुले उठाउँदै आएको मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

सरकारी निर्णयअनुसार तत्काल अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन गरिने छ । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै जिल्ला मानिने छ । लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको वरिष्ठ उपाध्यक्ष रिजालले टेलिफोनमार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...