वरिष्ठ नेता नेपालले भने मंसिरमा महाधिवेशन हुँदैन



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि भइरहेका प्रयासमध्ये मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपाललाई मन परेको छैन ।

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग भएपछि सहमतिका लागि केपी ओलीले मंसिरमा एकताको महाधिवेशन प्रस्ताव गरेका हुन् । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिरमा महाधिवेशन गर्ने विषयमा सकारात्मक भएका चर्चाहरू बाहिरिएका छन् ।

प्रचण्डकी छोरी गंगा दाहालले महाधिवेशनका विषयमा छलफल भएको बताएकी छिन् । तर, सहमति नभएको उनले बताएकी छिन् ।

‘शनिबार अध्यक्षद्वय बीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायतका)मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन’, उनले फेसबुकमा लेखेकी छिन्, ‘सम्पूर्ण विषयहरू छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने केन्द्रस्य सदस्य जगन्नथ खतिवडाले मंसिरमा महाधिवेशन सम्भव नरहेको बताएका छन् ।

आइतबार बिहान एउटा रेडियोसँगको कुराकानीमा खतिवडाले मंसिरमा महाधिवेशन गर्ने कुरा असम्भव रहेको बताएका छन् । ‘मंसिरमा महाधिवेशन हुन सक्दैन । यो सबै छलछामको कुरा हो’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठक बोलाउन नसक्नेहरूबाट महाधिवेशन हुन्छ भन्ने कुरा विश्वास छैन । सक्नु हुन्छ भनेर राष्ट्रिय भेला गरेर देखाइदिनुस् ।’

नेकपाभित्र मंसिरमा महाधिवेशन गर्ने कुराले एक किसिमको तरंग ल्याइदिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह महाधिवेशनको कुरा गरेर प्रधानमन्त्री ओलीले आफ्नो सत्ताको आयु लम्बाउन खेल मात्रै गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...