प्रचण्डनिवासमा गोप्य बैठक, बामदेव र बादल गएनन्



हाम्रो इकोनोमि

 

मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानीबारे प्रष्ट्याउने प्रयास गरेका छन् ।

प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका छन् । आफ्नै समूहका नेताहरु असन्तुष्ट बनेपछि प्रचण्डले आइतबार बिहान उनीहरुसँग परामर्श गरेका हुन् ।

यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका सचिवालय सदस्य रामबहादुर थापा बादल भने खुमलटारको छलफलमा सहभागी भएनन् । बादलले ओलीको प्रस्तावमा समर्थन जनाइसकेका छन् । यद्यपि उनी अन्य काममा व्यस्त भएकाले छलफलमा आउन नभ्याएको खुमलटार स्रोतको दाबी छ ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलले भने प्रचण्डलाई एक्ला/एक्लै भेटेका छन् । ओलीले तत्काल आफूमाथिको संकट टार्न महाधिवेशनको बल्छी फालेको माधव नेपाल पक्षको बुझाइ छ । प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो ।

अपराह्न स्थायी कमिटी बैठक बस्ने भनिए पनि अन्योल कायमै छ । बैठकमा महाधिवेशन लगायत प्याकेज सहमतिको प्रस्ताव पेस गर्ने भनिए पनि प्रचण्डले आफ्नो समूहका नेतासँग परामर्श थालेपछि बालुवाटार झस्किएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...