बालुवाटारको गोप्य सहमतिमा प्रचण्डले किन गरे आत्मसमर्पण ?



हाम्रो इकोनोमि

 

२३ असारको बालुवाटार सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने ‘हामी महाधिबेशनतिर जाऔ, महाधिबेशनबाट तपाई एकल अध्यक्ष बन्नुहोस्, म बीचमै अध्यक्ष पद छोड्न सक्दिँन । प्रधानमन्त्री नै बन्ने भए अर्काे निर्वाचन पर्खिनुहोस् ।’

जवाफमा दाहालले भने ‘यो उधारो कुरा म मान्दिँन । तपाईले प्रधानमन्त्री छाड्न् सक्नुहुन्न भने पार्टी अध्यक्ष छोड्नुहोस्, म पार्टी चलाउँछु, तपाई सरकार चलाउनुहोस् । सहमतिमै निकास दिऔ ।’

ओलीका बिस्वास पात्र महासचिव बिष्णु पौडेल र दाहालका बिस्वास पात्र जनार्दन शर्मा सम्वादका साक्षी थिए । २३ असारमा दुई अध्यक्षबीच कुरा नमिलेपछि दाहाल खुमलटार फर्के । ओलीले पौडेल र शर्मासँग सम्वाद थाले ।

२१ असारबाटै ओलीले आफ्नो सहयोगी र सहकर्मीलाई धोका दिन थालिसकेका थिए । २१ असारमा पार्टीभित्रको विवाद मिलाउन वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई थाहा नै नदिई एउटा कार्यदल बनाएका थिए । कार्यदलमा ओलीका तर्फबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल थिए भने प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन थिए ।

प्रचण्डले गोप्यरुपमा ओलीसँग कार्यदल बनाएपछि वरिष्ठ नेता नेपाल, खनाल र गौतम झस्केका थिए । लगतै नेपालले प्रचण्डलाई ‘कार्यदलको कुरा के हो ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा दाहालले बालुवाटारबाट मच्चाइएको फण्डा मात्र भएको बताएका थिए ।

त्यही कार्यदलले ओली र प्रचण्डको पुर्नमिलन गराएको छ । वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई धोका दिएर प्रचण्डले ओलीसँग गोप्य सहमति गरेका छन् । शनिवार राति गोप्य सहमतिलाई शीतल निवासमा लालमोहर लगाएका छन् ।

ओली र दाहालको गोप्य सहमति शुक्रवार भएको हो । वालुवाटार स्रोतकाअनुसार ओलीले दाहाललाई फेरी महाजालमा पारेका छन् । ‘भावी अध्यक्षका लागि तपाई र माधव नेपालबीच प्रतिस्पर्धा हुने हो । म अब अध्यक्ष बन्दिँन । तपाईलाई म सहयोग गर्छु र अध्यक्ष बनाउँछु’, शुक्रवार ओलीले दाहाललाई भने, ‘अहिले प्रधानमन्त्री बन्नेकि, मंसिरमा महाधिबेशन गरेर एकल अध्यक्ष बन्ने ? रोज्नुहोस् ।’

प्रचण्डले विगतमा पनि धोका दिएकोले यो प्रस्ताव तत्काल स्वीकार गर्न नसकिने बताए । जवाफमा महासचिव पौडेल र जनार्दन शर्माले लिखितरुपमा यो सम्झौता गर्नुपर्ने र त्यसको साक्षी राष्टपति बन्नुपर्ने अर्काे प्रस्ताव गरे ।

राष्टपतिलाई साक्षी राख्ने भएपछि प्रचण्डले ओलीसँग आत्मसमपर्ण गरे । शनिवार सचिवालयको बैठकलगतै राष्टपतिलाई साक्षी राख्न ओली दाहालसहित कार्यदलका ६ जना राष्टपति कार्यालय पुगेका थिए ।

राष्टपति कार्यालयबाट फर्किदा प्रचण्डले कुनैपनि सहमति नभएको सफेद झुट बोलेका थिए । तर उनले महाधिबेशनबाट ओलीको सहयोगमा एकल अध्यक्ष बन्ने सर्तमा ओलीसँग आत्मसमपर्ण गरेको वालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...