साउन आयो तर, हरियो चुरा-पोते आएन



हाम्रो इकोनोमि

 

 

साउनमा प्रकृति पनि जताततै हरियो हुन्छ। प्रकृतिको यही हरियालीमा लय मिलाउन हिन्दु महिलाहरूले साउनमा हातमा हरियो चुरा र गलामा हरियो पोते लगाउँछन्।

केही वर्षदेखि यो चलन सहरी क्षेत्रमा पनि फेसनजस्तै बनेको थियो। फेसन बनेपछि त्योसँग ठूलो आर्थिक गतिविधि जोडिने भइहाल्यो। त्यही भएर साउन लाग्नासाथ पोहोर-परार इन्द्रचोक, असनका पसलहरू भीड हुन्थ्यो। वर्षभरि नभएको व्यापार एकै महिनामा हुन्थ्यो।

यसपालि पनि साउन आएको छ तर असनका पसलमा हरियो चुरा-पोते  किन्ने र मेहन्दी लगाउनेहरू भीड भने लागेको छैन।

कोरोनाभाइरसले अर्थतन्त्रका सबै सूचक सुस्त भएका बेला साउने फेसनमा पनि गहिरो असर देखिएको हो।

पोहोर/परार मारामार व्यापार गर्ने पसलेहरू अचेल बौनी नै नहोला कि भन्ने चिन्तामा छन्।

‘पसल त खोलियो बौनी होला कि नहोला भन्ने चिन्ता छ। सबै पसलमा हेर्नुस् न चहलपहल नै छैन,’ इन्द्रचोकका पोते पसलेले भने।

मेहन्दी लगाउने समूह बिका हिनाका अनुसार पोहोर परारभन्दा अहिले २० प्रतिशतमात्र ग्राहक मेहन्दी लगाउन आएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...