पशुपतिनाथ मन्दिरमा चार महिनापछि भक्तजन



 

 

शुपतिनाथ मन्दिरमा चार महिनापछि भक्तजन आएका छन्। उनीहरु आज साउने संक्रान्तिमा पूजापाठका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन गरिएको थियो। लकडाउनसँगै देशभरका मठ, मन्दिर, मस्जिद, गुम्बा पनि बन्द गरिएका थिए।

साउन महिनामा शिवको व्रत बस्ने र पूजापाठ गर्ने प्रचलन छ। त्यहि अनुसार बिहीबार पशिुपतिनाथ मन्दिरमा भक्तजन आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

 

लकडाउनपछि पहिलो पटक पशुपतिनाथ मन्दिरमा पूजापाठका लागि भक्तजन आएको जनाएको छ। तर, मन्दिर भने नखुल्ने निर्देशक खतिवडाले बताए। ‘सरकारले मन्दिर खोल्न अनुमित दिएको छैन, त्यसैले भक्तजन आएपछि मन्दिर खुल्दैन’ उनले भने।

आज बिहान ५ बजेदेखि नै भक्तजन आएका थिए। मन्दिरको मुख्य ढोका बन्द भएकाले बाहिर नै परिक्रमा गरेर फर्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्