पशुपतिनाथ मन्दिरमा चार महिनापछि भक्तजन



हाम्रो इकोनोमि

 

 

शुपतिनाथ मन्दिरमा चार महिनापछि भक्तजन आएका छन्। उनीहरु आज साउने संक्रान्तिमा पूजापाठका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन गरिएको थियो। लकडाउनसँगै देशभरका मठ, मन्दिर, मस्जिद, गुम्बा पनि बन्द गरिएका थिए।

साउन महिनामा शिवको व्रत बस्ने र पूजापाठ गर्ने प्रचलन छ। त्यहि अनुसार बिहीबार पशिुपतिनाथ मन्दिरमा भक्तजन आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

 

लकडाउनपछि पहिलो पटक पशुपतिनाथ मन्दिरमा पूजापाठका लागि भक्तजन आएको जनाएको छ। तर, मन्दिर भने नखुल्ने निर्देशक खतिवडाले बताए। ‘सरकारले मन्दिर खोल्न अनुमित दिएको छैन, त्यसैले भक्तजन आएपछि मन्दिर खुल्दैन’ उनले भने।

आज बिहान ५ बजेदेखि नै भक्तजन आएका थिए। मन्दिरको मुख्य ढोका बन्द भएकाले बाहिर नै परिक्रमा गरेर फर्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...