सार्वजनिक गाडी चल्न थालेपछि यात्रु , चालक तथा सहचालकले ध्यान दिनैपर्ने कुरा



हाम्रो इकोनोमि

 

 

सरकारले अनुमति दिएसँगै सडकमा फाट्टफुट्ट सार्वजनिक गाडी चल्न थालेका छन् । सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर मात्रै गाडी चलाउन भनेको छ ।

सय दिनभन्दा धेरै ग्यारेजमा थन्किएका सार्वजनिक गाडी सञ्चालनमा ल्याउँदा विशेष सावधानी अपनाउनुपर्छ । यस्तै सञ्चालनमा आइसकेपछि यात्रु, चालक र सहचालकले पनि विभिन्न सावधानीका उपाय अपनाउन जरुरी भएको बायोटेक्नोलोजिस्ट डाक्टर समिरमणि दीक्षित बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ-‘कुनै पनि जीवाणुबाट हामी पूर्णरुपमा सुरक्षित हुन सक्दैनौँ तर सङ्क्रमणलाई सकेसम्म कम गराउनका लागि मेहनत भने गर्न सक्छौँ । त्यसको लागि जुनसुकै अवस्थामा पनि मास्क अनिवार्य रुपमा लगाउन उहाँको सुझाव छ ।’

योसँगै अरु सावधानीका उपाय पनि अपनाउन जरुरी छ । यात्रुले  मास्क लगाएर मात्रै यात्रा गर्नुपर्छ भने चालक र सहचालकले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । सकिन्छ भने सर्जिकल पन्जा लगाउनुपर्छ । पटक–पटक हात स्यानिटाइज गर्नुपर्छ ।

गाडीभित्र यात्रु तथा चालक र सहचालक पटक–पटक मानिसको सम्पर्कमा आउने भएकाले जतिखेर पनि सङ्क्रमणको जोखिम हुने डा. दीक्षित बताउनुहुन्छ । गाडी चलाउँदा पनि सामान्य अवस्थामा भन्दा फरक तथा सुरक्षाका उपाय अपनाउनुपर्छ । कोचाकोच गर्नु हुँदैन । गाडीभित्र उभिनु पनि हुँदैन । सिटमा पनि एकरएक मिटरको दूरी कायम  गर्नुपर्छ । उदाहरणको लागि सामान्य अवस्थामा एउटा लहरमा चार जना बस्न मिल्थ्यो भने अब दुई/दुई जनामात्रै राख्नुपर्ने हुन्छ । साथै झ्याल खोलेर हावा आउन दिनुपर्छ ।

कुनै पनि बस दिनभर वा सात घण्टा चल्छ भने प्रत्येक पटक विषादी छर्केर पनि सङ्क्रमण कम गर्न गाह्रो हुने दीक्षित बताउनुहुन्छ । मानिस पाँच/पाँच मिनेटमा बाहिर जाने र भित्र पस्ने गरिरहने भएकोले हरेक पटक विषादी छर्किन सम्भव नहुने उहाँको भनाइ छ । तर सरसफाइलाई ध्यान दिन सकिएमा सङ्क्रमणको जोखिम भने कम गर्न सकिन्छ । सिटको अगाडिको भाग सफा गरिरहनु पर्छ । यस्तै सकिन्छ भने कार्डबाट अथवा फोनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्छ । सकिन्न भने पैसालाई छुट्टै भाँडोमा जम्मा गर्न सकिन्छ ।

पीपीई लगाउने कुरा चाहिनेभन्दा बढी हल्ला भएको भन्दै त्यो सम्भव नहुने उहाँको भनाइ छ । बरु लगाएको लुगा घरमा पुग्नासाथ धुन सकिन्छ । यस्तै सार्वजनिक गाडीमा यात्रा गर्दा लगाएको लुगा फुकालेर केहीबेर सर्फ पानीमा धोएर सुकाउन पनि सकिन्छ । तर मुख्य सावधानी भनेको यात्रा गर्दा मास्क लगाउने र हात सफा राख्ने नै हो ।

गाडीमा बस्दा र उत्रिँदा चालक र सहचालकले मात्र होइन, यात्रुले पनि सुरक्षाका उपायमा ध्यान दिनुपर्छ । मास्क अनिवार्य लगाउनैपर्छ । हात सफा राख्नै पर्छ । एक अर्काको नजिक बस्न हुँदैन । सकिन्छ भने बसभित्र अर्कोसँग कुरा नै नगर्न दीक्षित सुझाव दिनुहुन्छ । ‘आफ्नो गन्तव्य आएपछि चुपचाप उक्लने वा ओर्लने गर्नुपर्छ । केही गरी कसैलाई वा गाडीको कुनै भागमा हातले छोइयो भने पनि स्यानिटाइज गरिहाल्नुपर्छ’, उहाँ भन्नुहुन्छ ।

कोरोना भाइरस हात तथा नाक मुखबाट सर्ने भएकाले पटक–पटक हात स्यानिटाइज गर्ने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ । यस्तै सरकारले स्वास्थ्य सुरक्षाको पूर्ण पालना नगरि सार्वजनिक गाडीमा यात्रा नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम रहँदा रहँदै पनि नागरिकलाई केही सहजताको लागि सार्वजनिक गाडी खुला गरिएको बताउँदै निकै सजग रहन आग्रह गर्नुभयो । उहाँले सकभर सार्वजनिक गाडीमा यात्रा नगर्न र गर्नै परे सबै सुरक्षाका मापदण्ड पालना गर्न र कोरोनासँग मिल्ने लक्षण देखिएमा पनि यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...