काठ व्यवसायी सांसद प्रेम आलेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र



हाम्रो इकोनोमि

 

पूर्व काठ व्यवसायीले वैज्ञानिक वनमा भएको अनियमतिताबारेमा गरेको छानविन आफुहरुलाई मान्य नहुने भन्दै कैलालीका विभिन्न सामुदायिक वनहरुले अर्को  छाननि समिति पठाउन माग गरेका छन् । उनीहरुले सांसद प्रेम आलेको पृष्ठभूमि काठ व्यवसायी रहेको र उनले गर्ने छानविन आफुहरुलाई मान्य नहुने र उनीमाथि कानूनी कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको उजुरीका आधारमा अध्ययनका लागि आएको संसदीय टोलीमा रहेका सांसद प्रेम आलेले उपभोक्ताहरुलाई धम्काएको भन्दै कानूनी कारबाहीको माग गर्दै कैलालीका ६८ वटा सामुदायिक वन उपभोक्ता समुहहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उप समितिका सदस्य तथा डोटीबाट निर्वाचित सांसद प्रेम आलेले अध्ययनका क्रममा गरिएको स्थलगत निरीक्षणमा ऐश्वर्य सामुदायिक वन पथरैयाका अध्यक्ष केशब शाही, जनकल्याण सामुदायिक वनका अध्यक्ष जय गिरी लगायतलाई अपशब्द प्रयोग गरी धम्काएको र सामुदादयिक वनका पदाधिकारीहरुको मानर्मदन हुने गरी बोलेकोले उनीमाथि कानून अनुसार कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा आफ्नै पृष्ठभूमि काठ व्यवसायीको रहेकोले सांसद आले सम्मिलित टोलीले गर्ने छानविन निष्पक्ष हुन नसक्ने भन्दै अर्को संसदीय छानवीन टोली पठाउन समेत सामुदायिक वनहरुले माग गरेका छन् । यसरी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेमा डिभिजन वन कार्यालय पहलमानपुर मातहतका २९ र डिभिजन वन कार्यालय धनगढी मातहतका ३९ सामुदायिक वन रहेका छन् । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।

ज्ञापनत्र पत्रमा उनीहरुले सांसद आलेले संसदीय अनुगमन गर्दा आफ्नो नजिकका पार्टी कार्यकर्ता प्रयोग गरेको, घुष सहित पक्राउ परी निलम्बनमा रहेका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई विज्ञका रुपमा प्रयोग गरेको र बाहुबली शैलीमा आफुहरुको अपमान गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...