मन्त्री भट्टले चार वटा कालो बोकाको बलि दिए



हाम्रो इकोनोमि

 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार वटा कालो बोकाहरूको बलि दिएको रहस्य खुलेको छ । मंगलबार मन्त्री भट्टले डडेल्धुरा जिल्लास्थित घटालबाबा देवतालाई चार वटा कालो बोकाहरूको बलि दिएका हुन् ।

अमरगढी नगरपालिकाको वडा नम्बर ७ मा रहेको घटालबाबाको मन्दिरमा बोकाको बलि दिएको स्रोतले जनाएको छ । मन्त्री भट्टका आफन्तले भने, ‘मन्त्री भएपछि घटालबाबालाई चार वटा कालो बोकाहरूको बलि दिने बाचा गर्नुभएको थियो । भाकलअनुसार बलि दिइएको छ ।’

मन्त्री भट्टले बलि दिएको कुरा बाहिर कसैलाई पनि नभन्न कडा निर्देशन दिएका छन् । सोही कारण भट्टले हतार हतारमा बलि दिएको एकजना सहयोगीले भनेका छन् ।
मन्त्री भट्टले मन्दिरमा पूजा गरेको तस्बिर समेत खिच्न दिएका थिएनन् ।

मन्त्री हुनुभन्दा अगाडि ‘मलाई मन्त्री दिलाउ प्रभु, म हजुरको सेवा गर्नेछु’ भन्दै भाकल गरेको मन्त्री भट्ट निकटका एकजना पूर्वमाओवादी निकटका नेताले बताए ।
घटाल देवताको भाकल पूरा भएपछि बोका, हाँस, कुखुरा, राँगा भेडा, बलि दिने चलन छ ।

घटालबाबा देवताले मागेको इच्छा पूरा गर्ने भन्ने जनविश्वास रहँदै आएको छ । सोही विश्वासअनुसार डोटी र डडेलधुराका सर्वसाधारण घटाल देवतालाई आफ्नो मनको इच्छा पूरा गर्न भाकल गर्ने गर्छन् । घटाल देवतालाई कसैले महाभारतका भीमसेन पुत्र घटोत्चक त कसैले शिव भगवानका रुपमा मान्ने गर्छन् ।

कथित जनयुद्धका बेला मन्दिरहरू भत्काउँदै हिँडेका माओवादी पृष्ठभूमि भएका मन्त्री भट्टलाई अचानक बलि दिने र भाकल माग गर्ने कारण के आइलाग्यो भनेर स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

लकडाउनका बेला काठमाडौंबाट बली चढाउनकै लागि मन्त्री भट्ट सुदूरपश्चिम आएको बताइन्छ । उनको अरु कुनै कार्यक्रम सार्वजनिक भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...